एडीबीले नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशतमात्रै, यस्तो छ दक्षिण एशियाको आर्थिक वृद्धिदर

काठमाडौं । एशियाली विकास बैंक (एडीबी)ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ । बैंकले आज मंगलबार पहिला प्रक्षेपण गरेको आर्थिक वृद्धिदरलाई संशोधन गर्दै नयाँ प्रक्षेपण गरेको हो ।

एडीबीले आगामी आर्थिक वृद्धिदर ५ प्रतिशत हुने प्रक्षेपण गरेको छ भने सन् २०२२ मा ५.८ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेकोछ ।

गत आर्थिक वर्षको तुलनामा यस वर्ष कोदो र मकै जस्ता वर्षे बालीको उत्पादन बढ्ने आँकलन गरिएको छ । विगतमा भएको राजनितीक अस्थिरतासँगै उत्पादनमूलक उद्योगमा भएको कम लगानीका कारण यो वर्षको औद्योगिक वृद्धिदरमा असर गर्ने एडीबीको दावी छ । तर, थोक तथा खुद्रा व्यापार विस्तार, वित्तीय मध्यस्थता यात्रा तथा पर्यटन क्षेत्रको वृद्धिदर भने बढ्ने अनुमान गरिएको छ ।

एडीबीले आर्थिक वर्ष २०७५/०७६ मा कुल गार्हस्थ उत्पादन (जीडीपी) को आकार ५.५ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ । आर्थिक वर्ष २०७५/०७६ मा ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी राष्ट्रिय प्रसारण लाइनमा जोडिएपछि विद्युत आयातमा कमी आउने आँकलनसहित एडीबीले नेपालको आर्थिक वृद्धिदर सार्वजनिक गरेको थियो ।  स्थानीय सरकार प्रदेश सरकारहरू खर्चमा बृद्धि र कमजोर राजस्व परिचालनका कारण बजेट घाटा भने बढ्न सक्ने एडीबीको आँकलन छ ।

चालु आर्थिक वर्षमा मुद्रास्फ्रिति बढेर ५.५ प्रतिशत पुग्ने एडीबीले बताएको छ । गत वर्ष यस्तो मुद्रास्फ्रिति ४.५ प्रतिशत रहेको थियो । यो वर्ष नेपाल राष्ट्र बैंंकले चालु आर्थिक वर्षमा मुद्रास्फीतीलाई ७ प्रतिशत भन्दा कम राख्ने लक्ष्य राखेको छ ।

यसका साथै एडीबीले विश्वका अन्य देशको पनि आर्थिक वृद्धिदर सार्वजनिक गरेको छ । औसतमा दक्षिण एशियकै आर्थिक वृद्धिदर ५.५ प्रतिशत हुने प्रक्षेपण गरेको एडीबीले २०२३ मा माल्दिभको आर्थिक वृद्धिदर नेपालको भन्दा ३ प्रतिशतले बढी ७.१ प्रतिशत हुने अनुमान गरेको छ । भारतको आर्थिक वृद्धिदर ६.४ प्रतिशत र बंगलादेशको ५.३ प्रतिशत र भुटानको आर्थिक वृद्धिदर ४.६ प्रतिशत हुने प्रक्षेपण एडीबीले गरेको हो ।

दक्षिण एशियाली देशहरूमा पाकिस्तानको आर्थिक वृद्धिदर ०.६ प्रतिशत र श्रीलंकको आर्थिक वृद्धिदर ०.–३ प्रतिशत हुने प्रक्षेपण एडीबीको गरेको छ ।

 

दक्षिण एशियाको आर्थिक वृद्धिदर प्रक्षेपण

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स