तनहुँ–१ मा डा. स्वर्णिम वाग्लेको उम्मेदवारी

काठमाडौं । आगामी बैशाष–१० मा हुने उपनिर्वाचनका लागि तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट स्वर्णिम वाग्लेले उम्मेदवारी दर्ता गरेका छन्।

वाग्लेको प्रस्तावकमा विश्व बाँस्तोला र समर्थकमा रुपक विक घिमिरे रहेका छन् । बाँस्तोला सोमबार नै रास्वपा प्रवेश गरेका नेपाली कांग्रेसका पूर्वसचिव हुन् । घिमिरे पनि तनहुँ–१ मा उम्मेदवारका आकांक्षी भए पनि पछि वाग्लेलाई छाडेका थिए । चितवनबाट उम्मेदवारी दर्ता गराएका सभापति रवि लामिछाने तनहुँ पुगेपछि वाग्लेले उम्मेदवारी दर्ता गरेका हुन्।

उम्मेदवारी दर्ताअघि उपनिर्वाचनको कार्यालय उद्घाटनको क्रममा सम्बोधन गर्दै वाग्लेले वैशाख–१० गते नेपालको नयाँ युगको आह्वान गर्ने दिन भएको बताए । सभापति लामिछानेले हरेक वर्ष क्यालेन्डर फेरियो तर मुलुकले काँचुली नफेरेको बताए । त्यसैले यसपटक क्यालेन्डर फेरिँदा यो देशको भाग्य पनि फेरिने छ । यो देशको भाग्य फेर्नका लागि जान्नेलाई छानेका छौं । संसदमा युवाहरु आएका छन्, लामिछानेले भने ।

यसैगरी नेपाली काँग्रेसका गोविन्द भट्टराई, नेकपा (एमाले)का सर्वेन्द्र खनाल, राप्रपाकी शोभा गुरुङ, नेपाल मजदुर किसान पार्टीका रामप्रसाद प्रजापति, मङ्गोल नेसनल अर्गनाइजेसनका प्रेमबहादुर थापा, राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णबहादुर रानाले उम्मेदवारी दर्ता गराएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स