होलिडे इन एक्सप्रेसको ब्रान्डनाममा नक्सालमा स्वर्णिम बुटिक होटल संचालनमा आउने

काठमाडौं । काठमाडौंको नक्सालमा स्वर्णिम बुटिक होटलको संचालनमा आउने भएको छ । यस होटलले इन्टरकन्टिनेन्टल होटल ग्रुपसँग सम्झौता गरी होलिडे इन एक्सप्रेसको ब्रान्डनाम प्रयोग गर्ने छ ।

कुल १ अर्ब ७६ करोड २० लाख रूपैंयाँ लागतमा उक्त होटल निर्माण हुनेछ । कुल लगानी मध्येको ९९ करोड कर्जामा आधारित र ७७ करोड २० लाख लगानीकर्ताहरुको लगानी रहेको छ । होटलले ९९ करोड बराबरको दीर्घकालीन कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी केयर नेपालले होटललाई डबल बी माइन्स रेटिङ गरेको हो ।

११ हजार ८३१ स्क्वायर फिटमा निर्माण हुँदै गरेको यस होटलमा कुल ११० कोठा हुनेछन् । सन् २०१२ मा स्थापना भएको यो होटल यस अघि सन् २०२२ को अप्रिल महिनामा सञ्चालानमा आउने भनिएको थियो । तथापि समयमा जग्गा अधिग्रहण र निर्माणको काम सम्पन्न हुन नसक्दा होटल सञ्चालनमा ढिलाई भएको हो । सन् २०२३ को जनवरी महिनासम्म होटल निर्माणको ७० प्रतिशत कार्य सम्पन्न भइसकेको छ । सन् २०२४ को जनवरीदेखि होटल सञ्चालन आउनेछ ।

यस होटलका अध्यक्ष नरेश लाल श्रेष्ठ छन् । नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरका निर्देशक महेश्वर श्रेष्ठ भने यस होटलका निर्देशक नै रहेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स