महामन्त्रीद्वय गगन थापा र विश्वप्रकास शर्मा उपनिर्वाचनमा खटिए

काठमाडौँ । नेपाली कांग्रेसले १० वैशाखमा हुने उपनिर्वाचनका लागि तनहुँ-१ मा महामन्त्री गगन थापा र चितवन-२ मा अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई खटाएको छ ।

तनहुँ-१ मा कांग्रेसबाट गोविन्द भट्टरार्ई र चितवन-२ मा जितनारायण श्रेष्ठ उम्मेदवार छन् । सोमबार चितवन-२ मा हुने मनोनयन दर्तामा सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना समेत सहभागी हुने नेताहरुले जनाएका छन् ।

उपनिर्वाचनका लागि सोमबार हुने मनोनयन दर्ताको कार्यक्रममा महामन्त्री थापा र शर्मा त्यसतर्फ जान लागेका हुन् । उनीहरूले त्यहाँ मनोनयन दर्तापछि आयोजना हुने सभालाई सम्बोधन गर्नेछन् ।
कांग्रेसले बारा(२ मा भने उम्मेदवारी नदिने निर्णय गरिसकेको छ । त्यहाँ सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टीका उपेन्द्र यादव उम्मेदवार बन्ने भएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स