लघुवित्तको समस्या समाधान गर्न राष्ट्र बैंकले माग्यो सुझाव

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाको वर्तमान समस्या र यो समस्या समाधान गर्न चाल्न पर्ने कदमहरूका बारे सुझाव माग गरेको छ । राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाको वर्तमान समस्या र समाधानका उपायहरूको विषयमा अध्ययन गर्न गठन गरेको समितिले सुझव माग गरेको हो ।

समितिले अध्ययन कार्य प्रारम्भ गरेको जानकारी दिएको छ । यस सन्दर्भमा यस विषयसँग सरोकार राख्ने सम्पूर्ण महानुभावहरूले लघुवित्त वित्तीय संस्थाको वर्तमान समस्या र यो समस्या समाधान गर्न चाल्नु पर्ने कदमहरूका बारे सुझाव दिन आग्रह गरेको छ । समितिले mfiss@nrb.org.np मा ईमेल गरेर २०८० बैशाख २० गते भित्र सुझाव पठाई सहयोग गर्न आग्रह गरेको हो ।

राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा.प्रकाश श्रेष्ठको संयोजकत्वमा अध्ययन समिति गठन गरेको हो ।अध्ययन समितिमा दुई जना स्वतन्त्र विज्ञ, राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक, लघुवित्त संस्था सुपरभिजन विभागका निर्देशक र नेपाल लघुवित्त बैंकर्स संघको एक जना प्रतिनिधी सदस्य छन्। समितिमा आर्थिक अनुसन्धान विभागका निर्देशकलाई सदस्य सचिवको जिम्मेवारी दिईएको छ ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2023/04/notice-on-website-1.pdf”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स