काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले बीमितहरुका लागि आर्थिक वर्ष २०७८/७९ को लागि नयाँ बोनसदर घोषणा गरेको हो ।
कम्पनीले आव २०७८/७९ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धि बीमांककीय प्रतिवेदन नियामक निकाय बीमा प्राधिकरणबाट स्वीकृती भएबमोजिम बोनसदर सार्वजनिक गरेको हो ।
कम्पनीले सार्वजनिक गरेको बोनसदर अनुसार बीमितले न्यूनतम प्रतिवर्ष प्रति हजार ६३ रुपैयाँदेखि अधिकतम ८५ रूपैयाँसम्म बोनस पाउनेछन् ।
१. सावधिक जीवन बीमालेख
कम्पनीले यस बीमालेख न्युनतम ६४ रुपैयाँदेखि ८५ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । कम्पनीको सावधिक जीवन बीमालेखमा न्युनतम ९ वर्षदेखि अधिकतम २६ वा सो भन्दा माथि अवधिका बीमालेखले न्युनतम ६४ हजार देखि अधिकतम ८५ हजार रुपैयाँ सम्म बोनस पाउने छन् ।
२. सावधिक तथा आजीवन बीमालेख
कम्पनीले यस बीमालेखमा न्युनतम ९ वर्ष देखि अधिकतम २६ वा सो भन्दा माथिको अवधि भएका बीमालेखमा बीमितले न्युनतम ६४ हजार रुपैयाँ देखि अधिकतम ८५ हजार रुपैयाँ सम्म बोनस पाउनेछन् ।
३. अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख
यस बीमादेखमा न्युनतम ९ वर्षदेखि अधिकतम २० वर्ष वा सो भन्दा माथिको अवधिका बीमालेखहरुमा बीमितले न्युनतम ६३ हजार रुपैयाँ देखि अधिकतम ६४ हजार रुपैयाँ सम्म बोनस पाउने छन् ।