कामना सेवा विकास बैंकको लाभांश घोषणा

काठमाडौं । कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेको छ।

बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

बैंकले हाल कायम चुक्ता पुंजीको ४.४१ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२३ प्रतिशत नगद लाभांश गरि कुल ४.६४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीहरुमा वितरण हुने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स