फिजिकल पोलिसी र मनिटरी पोलिसी एउटै तालमेलमा मिलाएर लैजानु पर्छः डा.महत

काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा.प्रकाशशरण महतले बैंक र अर्थ मन्त्रालय मिलेर जानु पर्ने बताएका छन् । अर्थतन्त्र सुधार गर्न राष्ट्र बैंकको पनि गहन भुमिका हुने बताउँदै अर्थमन्त्री महतले फिजिकल पोलिसी र मनिटरी पोलिसी एउटै लयमा मिलाएर लैजानु पर्ने बताएका हुन् ।

अर्थतन्त्र संकटको अवस्था छ, यसलाई निकास दिन हामीले कुनै कसुर नछाड्ने बताउँदै उनले भने ‘ फिजिकल पोलिसी र मनिटरी पोलिसी एउटै लयमा मिलाएर लैजानु पर्छ ।’ अहिलेको आर्थिक निरासालाई आशामा बदल्न राष्ट्र बैंकसँग समन्वय आवश्यक छ, राष्ट्र बैंक र मन्त्रालय मिलेर अगाडि बढ्नुपर्छ ।

‘म काम र प्रतिफल हेर्ने मान्छे हुँ,’ उनले भने‘ समस्यासँग जुध्नु पर्नेछ, सबैले आफ्नो ठाउँबाट संयमित भएर काम गर्नुपर्छ ।’

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स