सगरमाथा जलविद्युतको आईपीओ बाँडफाँट सम्पन्न, १० लाख ३४ हजार ९७७ आवेदकको हात खाली, यसरी हेर्नुस् नतिजा

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट सम्पन्न भएको हो ।

कम्पनीको आईपीओमा कुल १४ लाख ४४ हजार ९७८ आवेदकबाट कुल १ करोड ६२ लाख २९ हजार २३० कित्ता सेयर माग भएको थियो। जसमा १३ लाख ९३ हजार १५३ आवेदकबाट परेको १ करोड ५१ लाख ८७ हजार ९९० कित्ता सदर भएको छ भने ५१ हजार ८५२ आवेदकबाट परेको १० लाख ४१ हजार २४० कित्ता बदर भएको छ।

मागभन्दा बढी आवेदन परेकै कारण उक्त आईपीओ गोलाप्रथाबाट बाँडफाँट गरिएको छ। जसमा भाग्यमानी ३ लाख ५८ हजार १७६ जनाले १० कित्ताका दरले सेयर पाएका छन् भने सदर आवेदकमध्ये १० लाख ३४ हजार ९७७ आवेदकको हात खाली भएको छ।

कम्पनीले गत चैत ८ गतेदेखि चैत १२ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले जारी पुँजी १ अर्ब १२ करोड रुपैयाँको ३९ प्रतिशतले हुन आउने ४३ करोड ६८ लाख रुपैयाँबराबरको ४३ लाख ६८ हजार कित्ता आईपीओ सर्वसाधारणका लागि छुट्याएको थियो। जसको १० प्रतिशतले हुन आउने ४ लाख ३६ हजार ८०० कित्ता सेयर विदेशमा रहेका नेपाली श्रमिकका लागि बिक्री गरिसकेको थियो।

कम्पनीले बाँकी रहेको सेयरमध्ये ५ प्रतिशतले हुन आउने २ लाख १८ हजार ४०० कित्ता सामूहिक लगानी कोषहरुका लागि र ३ प्रतिशतले हुन आउने १ लाख ३१ हजार ४० कित्ता सेयर कर्मचारीका लागि सुरक्षित राखी ३५ लाख ८१ हजार ७६० कित्ता सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो।

आईपीओको नतिजा प्रकाशन भएको केही समयपछि यसरी हेर्न सकिने छ ।
१. बिक्री प्रबन्धकको वेबसाइट : https://www.prabhucapital.com/,
२. सीडीएससीकोमेरोशेयरको वेबसाइट : meroshare.cdsc.com.np/#/login,
३..सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट : iporesult.cdsc.com.np/
मेरोशेयरको वेबसाइटबाट आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स