काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको आईपीओ आज दिउँसो बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलले आज चैत १७ गते बिहान बाँडफाँट गर्ने तयारी गरेकोमा समय सरेर दिउँसो ३ः३० बजे आफ्नै कार्यालयंमा बाँडफाँट गर्ने तयारी गरेको हो ।
कम्पनीको आईपीओमा अन्तिम दिन सम्मा ४=४८ गुणा बढी आवेदन परेको छ ।
कम्पनीको सेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताको दरले सेयर वितरण हुनेछ । जस अनुसार योग्य आवेदक मध्ये ३ लाख ५८ हजार १७५ जनाले मात्रै सेयर पाउनेछन् ।
कम्पनीले सर्वसाधारणका लागि चैत ८ गतेदेखि चैत १२ गतेसम्म आईपीओ निष्कासन गरेको थियो।
कम्पनीले जारी पुँजी १ अर्ब १२ करोड रुपैयाँको ३९ प्रतिशतले हुन आउने ४३ करोड ६८ लाख रुपैयाँबराबरको ४३ लाख ६८ हजार कित्ता आईपीओका लागि छुट्याएको थियो। जसको १० प्रतिशतले हुन आउने ४ लाख ३६ हजार ८०० कित्ता सेयर विदेशमा रहेका नेपाली श्रमिकका लागि बिक्री गरिसकेको छ।
सोमध्ये, बाँकी रहेको ५ प्रतिशतले हुन आउने २ लाख १८ हजार ४०० कित्ता सामूहिक लगानी कोषहरुका लागि र ३ प्रतिशतले हुन आउने १ लाख ३१ हजार ४० कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ। बाँकी रहेको ३५ लाख ८१ हजार ७६० कित्तामा सर्वसाधारणले आवेदन दिएका छन् ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।