संस्थापक सेयर भनेको के हो ?

मेखवहादुर थापा, डेपुटी प्रमुख कार्यकारी अधिकृत एनआईबिएल एस क्यापिटल

नियम कानुन र अन्तर्राष्ट्रिय प्रचलन अनुसार, कम्पनी स्थापना गर्दा जसले यति सेयर खरिद गर्छु भनेर प्रवन्धपत्र र नियमवलीमा आफ्नो नाम उल्लेख गरी दस्तखत गरेका हुन्छन्, उनीहरुद्वारा खरिद गरिने सेयरलाई संस्थापक सेयर भनिन्छ । यस्तो सेयर खरिद गर्ने व्यक्ति वा निकायलाई संस्थापक भनिन्छ ।

तर, नेपालको सन्र्दभमा भन्ने हो भने नियमक निकाय अन्तर्गत रहेर सञ्चालनमा रहेका कम्पनीहरु जस्तैः र्बैक, वित्तीय संस्था, बीमा कम्पनीहरुले एक स्टेप अगाडि गएर संस्थापक समूह भनेर डिफाईन (परिभाषित) गरेको पाइन्छ ।
संस्थापक समूह अन्तर्गत रहेको सेयर, कम्पनी स्थापना गर्दा होस् वा कम्पनी स्थापना भएपछि होस् जसले खरिद गर्छ, त्यस्ता व्यक्ति वा निकायलाई संस्थापक भन्ने गरिन्छ ।

त्यस्तो संस्थापक समूहमा निहित सेयरहरू कम्पनी स्थापना गर्नु अगाडि वा कम्पनी स्थापना भैइसकेपछि पनि खरिद गर्न सकिन्छ । नेपालमा यस्ता संस्थापक सेयर कम्तिमा ५१ प्रतिशत मा नघटाइ ५१ प्रतिशतदेखि ७० प्रतिशतदेखि ८० प्रतिशत सम्म राख्न सकिन्छ ।

बैंक तथा वित्तीय संस्थाहरूमा संस्थापक सेयर ५१ प्रतिशत हुनै पर्छ भने होटल तथा हाइड्रो कम्पनी लगायतमा कम्तिमा १० प्रतिशत सेयर सर्वसाधारणमा वितरण गर्नु पर्ने हुन्छ ।

यसरी ५१ प्रतिशत भन्दा बढी संस्थापक सेयर कायम राखेका संस्थाहरूले संस्था स्थापना भएको तीन वर्षपछि क्रमिक रुपमा विस्तारै त्यस्ता सेयरलाई साधारण सेयरमा रुपान्तर गर्न सकिन्छ ।

तर, यसरी रुपान्तरण गर्दा ५१ प्रतिश भन्दा कम संस्थापक सेयर कायम गर्न नपाइने व्यवस्था छ । संस्थापक सेयरलाई साधारण सेयर सरह कायम गर्न पाउन पर्छ भन्ने आवाज उठिरहेको छ ।

भविष्यमा ऐन कानुनमा कसरी सम्बोधन हुन्छ हेर्न बाँकी छ । तर, बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐनमा संस्थापक सेयरलाई साधारण सेयर सरह कायम गर्न थोरै व्यवस्था गरिएको छ ।

जसमा राष्ट्र बैंकको स्वीकृती लिएर औचित्यका आधारमा बजारलाई हेरेर संस्थापक सेयरलाई साधारण सेयर सरह कायम गर्न सक्ने भन्ने व्यवस्था छ । हालसम्म पनि यसको कार्यान्वयन नभएकोले कसरी कार्यान्वयनमा आउँछ त्यसैमा निर्भर रहन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स