यस्तो आयो सरकारको न्यूनतम साझा कार्यक्रम (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम करिब टुंग्याएका छन् । । संविधानको रक्षा, आवश्यकता अनुसार परिमार्जन/२ वर्षभित्र संक्रमणकालीन न्यायसम्बन्धी काम सक्ने, ६ महिनाभित्र प्रहरी समायोजन गर्ने, सरकारी सेवा लिन लाग्ने समय एक तिहाइले घटाउने लगायत विषय उल्लेख छन् ।

मस्यौदालाई अन्तिम रुप दिन बाँकी रहेको नेताहरुले बताएका छन् ।कास, गणतन्त्र सुदृढीकरण, संघीयता कार्यान्वयन, अर्थतन्त्र सुदृढ गर्न नीतिगत, संरचनागत तथा कार्यगत सुधार गर्नेलगायत विषयलाई प्राथमिकता दिइएको छ ।

गुणस्तरीय सेवा प्रवाह, सुशासन र सदाचारको प्रत्याभूति हुने गरी शासकीय सुधार गर्ने, भ्रष्टाचारको छानबिन र कारबाहीका लागि अग्रसरता लिने, विस्तृत शान्ति सम्झौताका बाँकी कार्यभार तथा विभिन्न पक्षसँग भएका सहमतिहरु कार्यान्वयन गर्ने, उत्पादनमुखी अर्थतन्त्र, आपूर्ति व्यवस्थामा सुधार तथा समन्यायिक वितरणको व्यवस्था गर्ने विषय पनि संयुक्त सरकारका प्राथमिकता र साझा कार्यक्रममा समेटिएका छन् ।

मस्यौदालाई अन्तिम रुप दिन बाँकी रहेको नेताहरुले बताएका छन् ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2023/03/final-pdf.pdf”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स