मिल्यो भागबण्डा, कसलाई कुन मन्त्रालय ?

काठमाडौं । सरकार विस्तारमा सत्ता गठबन्धनबीचको भागबन्डा टुंगो लागेको छ । सत्तागठबन्धनमा ठूलो पाटीको हैसियलले नेपाली कांग्रेसले ८ मन्त्रालय पाउने भएको छ । अर्थ, परराष्ट्र, रक्षा‚ कानुन, स्वास्थ्य, सहरी विकास‚ भूमि व्यवस्था‚ सामान्य प्रशासन मन्त्रालय पनि कांग्रेसको भागमा परेको छ । यस अघि एमालेले लिएका मन्त्रालय नै कांग्रेसको भागमा परेको हो ।

माओवादीका भागमा गृह, सञ्चार, ऊर्जा‚ पर्यटन र महिला तथा बालबालिका मन्त्रालय परेका छन् । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी (नेकपा एस) ले भौतिक पूर्वाधार र वन मन्त्रालय पाएको छ । नेकपा एसले यी मन्त्रालयमा वेदुराम भुसाल र प्रकाश ज्वालालाई पठाउने निर्णय गरेको छ ।

जसपाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र कृषि तथा पशुपन्छी मन्त्रालय पाएको छ । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले खानेपानी तथा सरसफाइ मन्त्रालय पाएको छ । जनमत पाटीले उद्योग मन्त्रालय पाएको छ । जनमतले एउटा राज्यमन्त्री पनि पाउँदैछ । नागरिक उन्मुक्ति पार्टी युवा तथा खेलकुद र लोसपालाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय परेको छ ।

लोसपाले श्रममा शरतसिंह भण्डारीलाई मन्त्री बनाएर पठाउने निर्णय गरिसकेको छ । अब यी मन्त्रालयमा दलले नाम पठाएपछि प्रधानमन्त्रीले सरकार विस्तार गर्दैछन् । राष्ट्रपतिमा माओवादीले कांग्रेस उम्मेदवारलाई समर्थन गरेपछि १५ फागुनमा एमाले सरकारबाट फिर्ता लिएको थियो । त्यसयताको एक महिनामा १६ वटा मन्त्रालयको जिम्मा प्रधानमन्त्री प्रचण्ड एक्लैले सम्हालिरहेका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स