बैंकनै फेलियर हुने अवस्थामा हामी छैनौ, नेपालका बैंकहरू ‘सेफ एण्ड साउण्ड छन्ः सुनिल केसी, अध्यक्ष एनबीए

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले नेपालका बैंकहरू फेलियर हुने अवस्था नभएको स्पष्ट पारेका छन् । आज बिहीबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष तथा नेपाल बैकर्स संघका अध्यक्ष समेत रहेका केसीले हाम्रो ७० प्रतिशत कर्जा धितो जमानतमा प्रवाह भएको बताएका हुन् ।

‘हाम्रो लोनको पोटफोलियो हामीले राम्ररी म्यानेज गरेका छौं,’ उनले भने ‘त्यसैले नेपालका बैंकहरू फेलियर होला भनेर डराउनु पर्दैन । नेपालका बैंकहरू ‘सेफ एण्ड साउण्ड’ छन् ।’ अहिले ब्याजदरका नाममा चौतर्फी आक्रमण भएको छ, यसले हामीलाई दुःखी बनाए पनि बैंक सहज अवस्थामानै भएको उनले बताए । ब्याजदरका नाममा समग्र औद्योगिक क्षेत्र र साढे ४ करोड खातावालमाथि आक्रमण भएको पनि उनले बताए ।

‘अहिले नेपालको बैकिङ क्षेत्रमा आक्रमण भएको जस्तो देखिए पनि यो समग्र औद्योगिक क्षेत्रमा आक्रमण भएको हो, देशमाथि आक्रमण भएको हो, साढे ४ करोड खातावालमाथि आक्रमण भएको हो,’ अध्यक्ष केसीले पत्रकार सम्मेलनमा भने । देशभित्र भएका यस्ता गतिविधिले वैदेशिक लगानी समेत गम्भीर असर पर्ने उनको भनाइ छ । ‘अहिले प्राय बैंकहरूले विदेशबाट पैसा ल्याउन गरिसकेको अवस्था छ । यस्तोे गतिविधिले वैदेशिक लगानी ल्याउन गाह्रो हुन्छ ।’

व्याजदरको कुरा गर्दा अहिलेको ब्याज महँगो नभएको पनि उनले प्रष्टाए । पछिल्लो समय बैंकहरुको ब्याजदर चर्को भएको भन्दै व्यवसायीहरू सडक आन्दोलन गरिरहेका छन् । ‘बाहिर चर्चामा आएजस्तो बैंकको ब्याजदर महँगो भएको छैन, १० वर्षको अन्तरालमा हामी औसत ब्याजदरमै छौं,’ १० वर्षअघि वाणिज्य बैंकहरूको कर्जाको औसत ब्याजदर १३.६० प्रतिशत थियो , अहिले पनि १३.०३ प्रतिशत छ, महँगो होइन । अहिले ब्याजदर लकडाउनभन्दा अगाडिकै हो ।’

‘कोरोनाकालमा जस्तो सस्तो ब्याजदर सधै पाइरहन्छ भन्ने होइन, कोरोना महामारीको समयको ब्याजदरलाई हेरेर अहिले महँगो भयो भन्न नमिल्ने पनि उनले बताए । अहिलेको ब्याजदर लकडाउन हुनुभन्दा ठीक अघिको अवस्थामा पुगेको मात्रै हो,’ केसीले भने, ‘यद्यपि यो ब्याजदर पनि घटाउन हामी प्रयासरत छौं ।’ ब्याजदर डिमाण्ड र सप्लाईको आधारमा निर्धारण हुने गर्दछ, नकि बैंकहरूले चाहेर । तै पनि हामी घटाउने प्रयासमा नै छौं ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स