एसएमई प्लेटफर्म मस्यौदा सार्वजनिक, कारोबार गर्न धितोपत्र दर्ता गराउने कम्पनीको चुक्तापुँजी २५ करोड हुनुपर्ने (पूर्णपाठ सहित)

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा साना तथा मझौला (एसएमई) प्लेटफर्म संचालनको लागि आवश्यक पर्ने नियमावलीको मस्यौदा सार्वजनिक गरेको छ ।

बोर्डले बिहिबार मस्यौदा सार्वजनिक गर्दै एसएमई प्लेटफर्म कारोबार गर्न धितोपत्र दर्ता गराउने संगठित संस्थाको चुक्तापुँजी बढीमा २५ करोड रुपैयाँको हुनुपर्ने उल्लेख गरेको छ।

बोर्डले साना तथा मझौता संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबारसम्बन्धी नियमावली, २०७९ को मस्यौदामा साना तथा मझौता संगठित संस्थाको चुक्तापुँजी बढीमा २५ करोड रुपैयाँ हुनुपर्ने सीमा उल्लेख गरेको हो ।

तर, साना तथा मझौला संगठित संस्थाको उपस्थिती र बजारको अवस्था हेरी बोर्डले चुक्ता पूँजीको सीमा हेरफेर गर्न सक्ने उल्लेख छ ।

बोर्डले १५ दिन भित्र मस्यौदामा राय सुझाव पेश गर्न भनेको छ ।

यस्तो छ बार्डले सार्वजनिक गरेको मस्यौदाको पूर्णपाठ :

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2023/03/sebon-masauda.pdf” cache=”off”]

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स