ब्रोकर कमिसन अधिकतम ०.२५ प्रतिशत हुनु पर्ने : छोटेलाल रौनियार

काठमाडौं । नेपाल इन्भेस्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियारले ब्रोकर कमिसन अधिकतम ०.२५ प्रतिशत हुनु पर्ने बताएका छन् । बुधबार काठमाडौंमा लगानीकर्तासँगको अन्तरक्रिया कार्यक्रममा उनले ब्रोकर कमिसन अधिकतम ०.२५ प्रतिशत हुनु पर्ने बताएका हुन् ।

‘लगानीकर्ताहरु ब्रोकर र नेप्सेको कमिसन, सिडिएसको कमिसन, सरकारलाई कर तिर्न पनि नसक्ने अवस्थामा छन् ।’ उनले भने, ‘बैंकको ब्याज तिर्न नसक्ने भएकोले लगानीकर्ता आत्मा हत्या गर्ने स्थितिमा पुगेका छन् ।’

अदालतीको काम यथाशीघ्र टुंगो लगाएर नयाँ स्टक, ब्रोकर, कम्बोडेटिको लाइसेन्स प्रक्रिया छिटो भन्दा छिटो हुनु पर्न, त्यसमा लगानीकर्ताले आफ्नो तर्फबाट सहयोग गरिरहेको उनले बताए।

अहिले अल्पकालीन लगानीकर्तालाई लगाइँदै आएको ७.५ प्रतिशत पुँजीगत लाभकर घटाएर ५ प्रतिशतमा झार्नुपर्ने उनले बताए।

हाल अल्पकालीन लगानीकर्तालाई ७.५ प्रतिशत र दीर्घकालीन लगानीकर्तालाई ५ प्रतिशत पुँजीगत लाभकर लाग्ने व्यवस्था रहेको छ।

साथै, उनले इनसाइडर ट्रेडिङ गर्नेलाई ठाउँका ठाउँ कारबाही गर्नुपर्ने माग राखेका छन् ।

‘सेयर बजारको विकासको लागि नयाँ स्टक र ब्रोकर अपरिहार्य हो । कुनै व्यक्ति समुहले नपाएको हुँदा बाधा अर्चन ल्याएको हो । सरकार समेत ती व्यक्तिहरुको प्रभावमा परेको छ।’ उनले भने,‘नयाँ स्टक र ब्रोकर आउँदा प्रतिस्पर्धा, बढ्ने पुरानोको सिन्डिकेट (एकाधिकर) तोडिने हुँदा कमिसन समेत घट्ने निश्चित हो त्यसले गर्दा लगानीकर्ताको खर्च घट्छ । ’

बोर्डले सेयर धितो कर्जाको ब्याज घटाउन बैंकले ब्याजदर एकल अकमा ल्याउन, क्यापिटल गेन ट्याक्स घटाउन पहल सम्बन्धि निकायमा गर्नु पर्ने बताएका छन् । साथै विभिन्न कम्पनीहरुले घोषणा गरेको बोनस राष्ट्र बैंक संसोधन गरेर घटाइरहेको छ । यसले बजारमा नराम्रो असर परिरहेको छ । राष्ट्र बैकलाई त्यो नगर्न बोर्डले आग्रह गर्नुपर्ने बताए।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स