बिपिडब्लु लघुवित्तको सेयर रजिष्ट्रारमा मेगा क्यापिटल नियुक्त

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड र मेगा क्यापिटल मार्केट्स लिमिटेड बीच सेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सम्झौता भएको छ ।

आज एक कार्यक्रमका बीच बिपिडब्लु लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिलिप कुमार पोखरेल र मेगा क्यापिटलका तर्फबाट का. मु. प्रमुख कार्यकारी अधिकृत शुलभ श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेको हो ।

उक्त कार्यक्रममा मेगा क्यापिटल मार्केट्सका मार्केटिङ डिपार्टमेन्ट हेड गिरी राज पोखरेल र मर्चेन्ट बैकिङ इन्चार्ज मनिषा दाहालको समेत उपस्थिति रहेको थियो ।

सम्झौतासँगै अब धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, सेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र सेयरवालाहरुको लागत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्यहरु मेगा क्यापिटल मार्केट्स लिमिटेड, साकेत कम्प्लेक्स, त्रिपुरेश्वर, काठमाण्डौं मार्फत उपलब्ध गराउने क्यापिटलले जनाएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स