रावा इनर्जिले चैत्र २३ गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने

काठमाडौं । रावा इनर्जि डेभलपमेन्ट लिमिटेडले चैत्र २३ गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले २ लाख ८० हजार कित्ता सेयर आयोजना प्रभावित खोटाङ जिल्लाका केपिलासगढी गाउँपालिकाका स्थानीयलाई निष्काशन गर्ने छ। त्यस्तै ५६ हजार कित्ता सेयर श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि निष्काशन गर्ने छ।

आयोजना प्रभावितले आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन्। त्यस्तै श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकले आवेदन दिंदा न्युनतम १० कित्ता आर अधिकतम २८ सय कित्ताको लागि आवेदन दिन सक्ने छन् ।

स्थानीयले छिटोमा बैशाख ७ गतेसम्म र सो अवधिमा पूर्ण आवेदन नपरेमा बैशाख २२ गतेसम्म आवेदन दिन सक्ने छन् । श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकले भने बैशाख ७ गतेसम्म मात्र आवेदन दिन सकने छन् ।

स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेकालाई शेयर निष्काशन गरि बाँडफाँट गरेपछि कम्पनीले सर्वसाधारणलाई सेयर निष्काशन गर्ने छ ।

कम्पनीलाई नेपाल धितोपत्र बोर्डले फागुन २५ गते आईपीओ निष्काशन गर्ने अनुमति प्रदान गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्बसाधारणका लागि गरि कुल ८ करोड ४० लाख बराबरको ८ लाख ४० हजार कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको हो।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

कम्पनीले खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिकामा अवस्थित रावा खोलामा ३ मेगावाट क्षमताको आयोजना निर्माण कार्य सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ । त्यस्तै रावा खोलामा नै २.५ मेगावाटको अर्को आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स