भूगोल इनर्जिले चैत्र २३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने

काठमाडौं । भूगोल इनर्जि डेभलपमेन्ट कम्पनी लिमिटेडले चैत्र २३ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि जारी पूँजी ५४ करोड ४० लाख ५३ हजार ४ सय रुपैयाँको १० करोड ८८ लाख १० हजार ७ सय रुपैयाँ बराबरको सेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले प्रतिकित्ता १ रुपैयाँ अंकित मूल्य दरका १० लाख ८८ हजार १०७ कित्ता सेयर बिक्री गर्नेछ । जसमध्ये १ लाख ८ हजार ८११ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, ७१ हजार ९१६ कित्ता सामूहिक लगानी कोष र बाँकी १३ लाख ४६ हजार ९९३ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय र विदेशमा रहेका नेपाली श्रमिकलाई सेयर निष्काशन गरि बाँडफाँट गरि सकेको छ ।

यस निष्काशनमा चैत्र २७ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ३० हजार कित्ताको लागि दिन सकिने छ । सेयर निष्काशनको लागि एनआईसी एसिया क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

लगानीकर्ताले स्वीकृतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुबाट सिआस्बा प्रणाली मार्फत् आवेदन दिन सक्नेछन् । साथै मेरो सेयर अनलाइन प्रयोग गरी सि-आस्बा प्रणालीबाट पनि आवेदन दिन सकिनेछ ।

यस कम्पनीले दैलेखमा ३.७५ मेगावाटको द्वारी खोला साना जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरि बिजुली उत्पादन गरिरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स