कृषि विकास बैंकको १६ औं वार्षिक साधरणसभाले गर्यो १३ प्रतिशत लाभांश दिने प्रस्ताव पारित

काठमाडौं । कृषि विकास बैंकको वार्षिक साधरणसभा बैंकको केन्द्रिय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा मंगलबार सम्पन्न भएको छ । नेपालका वाणिज्य बैंकहरू मध्ये कृषिमा सबै भन्दा बढी लगानी गरेको कृषि विकास बैंकको १६ औं वार्षिक साधरणसभा बैंक सञ्ंचालक समितिका अध्यक्ष रामशरण पुडासैनीज्यूको अध्यक्षतामा सम्पन्न भएको हो ।

बैंकले आफ्ना वस्तु÷सेवाहरूलाई देशका अति दुर्गम देखि सुगम ठाउँहरूमा २८० वटा शाखाहरूबाट आधुनिक बैकिङ सेवा दिँदै आएको छ । बैंकले करिब ३ लाख ६० हजारको संख्यामा रहेका छन् । बैंकले ११ प्रतिशत नगर र २ प्रतिशत बोनस गरी जम्मा १३ प्रतिशत लाभांश दिने प्रतिवद्धता पनि गरेको छ ।

साधरणसभामा वक्ताको रुपमा भाग लिएका सेयरधनी धनीहरूले उठाएको जिज्ञाशा बैंकका अध्यक्ष रामशरण पुडासैनीले स्पष्ट पारेका थिए । उनले सो अवसरमा सरधनीहरुबाट प्राप्त सुझावहरुलाई नियमानुसार कार्यान्वयन गर्दै जाने प्रतिवद्धता समेत व्यक्त गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले सेयरधनी महानुभावहरुबाट प्राप्त सुझावलाई समेत आधार बनाइ अगामी दिनमा बैंकलाई थप शसक्त रुपमा अगाडी बढाउने प्रतिवद्धता समेत व्यक्त गरे ।

सेयरधनीहरुको बाक्लो उपस्थिति रहेको उक्त साधरणसभामा विभिन्न निकाय÷संघ÷संस्थाका प्रतिनिधि, बैंकमा कार्यरत उच्च व्यवस्थापक, कर्मचारीहरु र बैंक संचालक समितिका सदस्यहरु सुमन दाहाल, डा.राजेन्द्र मिश्र, संजिव पौडेल, हरि प्रसाद पराजुली, रीता सुवेदीको उपस्थिति रहेको थियो ।

को को थपिए सञ्चालक ?
कृषि विकास बैंकको सञ्चालक समितिमा समूह (ख) सर्वसाधरण सेयरधनीहरुको तर्फबाट ३ (तिन) जना संचालक सदस्य क्रमशः गोविन्द प्रसाद भट्टराई,संजिव पौडेल, र विनोद कुमार गुरागाई आगामी ४ वर्षे कार्यकालका लागि निर्विरोध निर्वाचित हुनु भएको घोषण प्रमुख निर्वाचन अधिकृत (वरिष्ठ अधिवक्ता) यदुनाथ खनालले गरेका थिए । साधरणसभाको संचालन बैंकका कम्पनी सचिव हिमलाल पौडेले गरेका थिए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स