फागुनमसान्तसम्म जीवन बीमा कम्पनीले आर्जन गरे पौने ९४ अर्ब रुपैयाँ बीमा शुल्क, सबैको व्यवसाय अर्ब माथि, कसको कति ?

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको फागुण मसान्तसम्ममा ९३ अबै ७५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरूले फागुण मसान्तसम्ममा प्रथम बीमाशुल्क र नविकरण बीमाशुल्क आर्जन वापत उक्त बीमाशुल्क आर्जन गरेका हुन् ।

बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्यांक अनुसार हाल कम्पनीहरुले प्रथम बीमाशुल्क आर्जन वापत १८ अर्ब ५५ करोड रुपैयाँ र नविकरण बीमाशुल्क आर्जन वापत ७५ अर्ब २० करोड ३७ लाख रुपैयाँ गरि कुल ९३ अर्ब ७५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् । गत आवको सो अवधिमा जीवन बीमा कम्पनीहरूले ९२ अर्ब १९ करोड १४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । गत आवको भन्दा यस आवमा झिनो रुपमा सुधार भएको पाइएको तथ्यांकले देखाएको छ ।

बीमा प्राधिकरणका अनुसार नेपाल लाइफले सबैभन्दा धेरै बीमा शुल्क आर्जन गरेर नम्बर वान कम्पनीको वरियता कायमै राखेको छ । नेपाल लाइफ इन्स्योरेन्सले फागुनमसान्तसम्म २४ अर्ब ३७ करोड ८६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

दोस्रोमा एलआईसी नेपाल रहेको छ । कम्पनीले यस त्रैमासको अवधिसम्ममा ११ अर्ब ४९ करोड ७७ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । बीमा बढि शुल्क आर्जन गर्ने तेस्रो कम्पनीको सूचीमा परेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले १० अर्ब २२ करोड १९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

त्यसैगरी राष्ट्रिय बीमा कम्पनीको ६ अर्ब ७३ करोड ८७ लाख, सूर्यज्योति लाइफले ५ अर्ब ५१ करोड ६२ लाख, युनियन लाइफले ५ अर्ब १७ करोड ८६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छन् । एयिशन लाइफको बीमा शुल्क ४ अर्ब ५९ करोड १ लाख, सिटिजन लाइफले ३ अर्ब ५७ करोड २८ लाख, मेट लाइफले ३ अर्ब ३९ करोड ३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

सन नेपाल लाइफले यो अवधिमा २ अर्ब ५८ करोड ५६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् भने रिलायबल नेपाल लाइफले २ अर्ब ७ करोड ८ लाख रुपैयाँ, गुराँस लाइफले एक अर्ब ६५ करोड ९२ लाख, प्रभू लाइफले एक अर्ब ४० करोड १७ लाख र सबैभन्दा कान्छो बीमा कम्पनी महालक्ष्मी लाइफले एक अर्ब १ करोड ७४ लाख रपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स