सानिमा बैंकद्वारा ग्लोबल मनि वीक २०२३ मा देशै भरि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । सानिमा बैंकले ग्लोबल मनि वीक २०२३ अभियान अन्तर्गत देशै भरिका शाखाहरुबाट वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले चैत्र ६ देखि चैत्र १२ गतेसम्म उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त अवसरमा बैंक कर्मचारीहरुलाई तीन दिने भर्चुअल तालिमको व्यवस्था गरिएको थियो । उक्त तालिममा वित्तीय साक्षरता कार्यक्रमको उपदेयता र उद्देश्यका बारेमा जानकारी प्रदान गराइएको थियो ।

वित्तीय साक्षरता अन्तर्गत देश भरिका शाखाहरु मार्फत छनौट गरिएका स्कुल तथा कलेजहरुमा बैंकिङ साक्षरता सम्बन्धि कार्यक्रमहरु संचालन गरिएको थियो । साथै, ग्लोबल मनि वीक २०२३ को ‘प्लान योर मनि प्लान योर फ्यूचर’सम्बन्धित विषयवस्तुमा केन्द्रित भई बैंकद्वारा युवा वर्गहरुमा वित्तीय साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न गरिएको छ ।

बैंकले विगतका वर्षहरुदेखि देशका सातै प्रदेशहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना शाखाहरु मार्फत युवा, महिला तथा अन्य समुदाय लक्षित वित्तीय साक्षरता कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।

सानिमा बैंकको सातै प्रदेशमा १३० कार्यालयहरु र १२३ ए.टि.एम सञ्जालहरु संचालनमा छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स