शाओमीले सार्वजनिक गर्यो शाओमी १३ लाइट, यस्तो छ मूल्य र विशेषता

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आज शाओमी १३ लाइट नेपाली बजारमा सार्वजनिक गरेको छ । उत्कृष्ट तस्बिरहरूको लागि डुअल फ्रन्ट क्यामेरासहितको फ्ल्यागशिप क्यामेरा प्रणाली प्रदान गर्ने यो फ्ल्यागशिप स्मार्टफोन, स्लिम डिजाइन तथा इमर्सिभ डिस्प्लेले सुसज्जित छ ।

लन्चको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले भने, ‘शाओमीको लक्ष्य भनेको नयाँ स्मार्टफोन उचित मूल्यमा नवीनतम प्रविधिहरु थप पहुँचयोग्य बनाउनु हो । हाम्रो यही मूल दर्शनलाई ध्यानमा राख्दै शाओमी १३ लाइट, उत्पादनको स्वामित्व खोज्ने जो कोहीको लागि उत्कृष्ट प्रदर्शन र अविश्वसनीय डिजाइनको साथ सार्वजनिक गरेका छौं ।’

फ्ल्यागशिप इमेजिङ प्रणाली र स्मार्ट डुअल फ्रन्ट क्यामेराको साथ मास्टरपिस पोर्ट्रेटहरू

यस शाओमी १३ लाइटमा ५०एमपी ट्रिपल क्यामेरा सेटअप रहेको छ जसमा मुख्य क्यामेरा रहेको क्ष्ःह्ठटट सेन्सर जडान गरिएको छ । इमेजिङ इन्जिनद्वारा सञ्चालित शाओमी १३ लाइटको बलियो कम्प्युटेशनल फोटोग्राफी क्षमताहरूको साथ आई ट्र्याकिङ फोकस र मोशन क्याप्चरको साथ चलिरहेको विषयहरूमा स्वचालित रूपमा फोकस गर्न सक्षम छ जसले प्रयोगकर्ताहरुलाई सोचे जस्तै फोटो खिच्न र यादगार पलहरु सहज रूपमा रेकर्ड गर्न मद्दत गर्दछ ।

फ्ल्यागशिप लेभल रियर क्यामेरा सेटअपको साथ शाओमी १३ लाइट डुअल फ्रन्ट क्यामेरा सेटको साथ सुसज्जित छ । ३२ एमपी फ्रन्ट क्यामेराले क्रिस्टल–क्लियर सेल्फीहरू प्रदान गर्दछ भने यसको ८एमपी फ्रन्ट क्यामेराले सेल्फ–पोर्ट्रेटहरूमा प्राकृतिक रूपहरूका लागि थप डिटेल प्रदान गर्न देप्थ सेन्सरको रूपमा काम गर्दछ । शाओमी १३ लाइटले डायनामिक फ्रेमिङ पनि प्रदान गर्दछ, जसले फ्रेममा भएका व्यक्तिहरूको संख्यालाई पत्ता लगाई, दृश्यको क्षेत्रलाई स्वतः समायोजन गर्दछ र उपयुक्त रूपमा जुम इन वा जुम आउट गर्दछ ।

सेल्फी जुम, पकेट मिरर, र शाओमी सेल्फी ग्लो जस्ता उपयोगी र रमाइलो सुविधाहरू समावेश गरिएको शाओमी १३ लाइटले सबै उच्च गुणस्तरको सेल्फीहरू र भिडियो कलहरू सजिलै लिन सक्षम बनाउँछ । यसमा भएको २ह सेल्फी जुमले क्लोजअप फोटोकोईनदेप्थ विवरणहरू खिच्न सक्षम बनाउँछ ।

अविश्वसनीय रूपमा हल्का र स्लिम डिजाइन

स्मार्टफोन उद्योगमै सबैभन्दा पातलो र हल्का स्मार्टफोन डिजाइन जारी राख्दै शाओमी १३ लाइट डिजाईन गरिएको छ । यसको ६.५५’’ कर्भ डिस्प्लेलेशाओमी १३ प्रो जस्तै प्रिमियम र इमर्सिभ भिजुअल अनुभव प्रदान गर्दछ। घम् कर्भ बडी डिजाइनले सहज ह्यान्ड ग्रिप पनि प्रदान गर्दछ ।

फ्ल्यागशिप चिपसेट र टर्बो चार्जिङ प्रविधिद्वारा समर्थित

शाओमी १३ लाइटमा Snapdragon® 7 Gen 1 मोबाइल प्लेटफर्म, २०% सुधारिएको GPU कार्यसम्पादन र ब् िकार्यसम्पादनमा ३०% वृद्धि भएको सबैभन्दा बलियो प्रोसेसरसँग सुसज्जित छ। शाओमी १३ लाइट सुधारिएको कुलिङ क्यापासिटी र डुअल फ्रन्ट क्यामेराहरूको साथ उपलब्द छ । यो स्मार्टफोन समान रूपमा शक्तिशाली 4,500mAh ब्याट्री र टठध् वायर्ड टर्बो चार्जिङले प्रयोगकर्ताहरुलाई लामो समयसम्म प्रयोग गर्न मद्दत गर्छ ।

जीवन्त तथा आई-केयरिंग डिस्प्ले
अविश्वसनीय डिस्प्ले टेक्नोलोजी रहेका शाओमी १३ लाइट 6.55æ AMOLED डिस्प्ले, ], Dolby Vision® / Dolby Atmos® सुविधाहरूको साथ आउँछ, जसले प्रयोगकर्ताहरूलाई उच्च–इमर्सिभ भिजुअल र अडियो अनुभव प्रदान गर्दछ । 120Hz सम्मको स्क्रिन रिफ्रेस रेट र 240Hz को टच सम्प्लिंग रेटको साथ, यसको डिस्प्लेले सामग्री उपभोग र गेमिङको लागि फ्ल्यागशिप–स्तरको सहजता प्रदान गर्दछ । यसको साथै, शाओमी १३ लाइटले ६८ बिलियन रङहरू प्रदर्शन गर्न जसले सोशल मिडियामा तपाइँको मनपर्ने पोर्ट्रेटहरू ब्राउज गर्दा सही रङहरू प्रदान गर्न सक्षम बनाउँछ । प्रयोगकर्ताहरूको आँखाको सुरक्षाको लागि सनलाइट मोड र रिडिङ मोडको साथ सुनिश्चित गरिएको छ जसले आरामदायी दृश्य अनुभव प्रदान गर्दछ ।

बजार उपलब्धता
लाइट ब्लू र लाइट पिंक गरि योशाओमी १३ लाइट दुई रंगमा हुनेछ भने ८+१२८जीबी र ८+२५६जीबी गरी दुई भेरियन्टमा उपलब्ध छ ।
८+१२८जीबी र ८+२५६जीबी भेरियन्टको मूल्य क्रमशः ५४,९९९ र ५७,९९९ रुपैयाँ हुनेछ ।

शाओमी १३ लाइट २०७९ चैत्र १३ गते बाट नेपालभर आधिकारिक स्टोरहरूमा उपलब्ध हुनेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स