राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले ऋणीसँग लिने सेवा शुल्कका बारेमा यसरी प्रष्टायो

काठमाडौं । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा लिने सेवा शुल्कका विषयमा प्रष्ट्याएको छ । शुल्कका बारेमा कर्जा प्रदान गर्ने संस्थासँग विस्तृतमा छलफल गरी प्रस्ट भएपछि मात्र कर्जाको कारोबार गर्न राष्ट्र बैंकले आग्रह गरेको हो ।

आज एक सूचना प्रवाह गर्दै राष्ट्र बैंकले वाणिज्य बैंकहरूले बढिमा ०.७५ प्रतिशत, विकास बैंकले बढीमा १ प्रतिशत, फाइनान्स कम्पनीहरूले बढीमा १.२५ प्रतिशत र लघुवित्त वित्तीय संस्थाहरू बढीमा १.५ प्रतिशतसम्म मात्र सेवा शुल्क लिन पाउने २०७७ सालमा मै गरेको व्यवस्थालाई पुनः जानकारी गराएको हो ।

राष्ट्र बैंकले आफ्नो सूचनामा भनेको छ ‘बैंक तथा वित्तीय संस्थाले तोकिएको शुल्क बाहेक अन्य कुनै शुल्क लिन पाउने पाउँदैनन् ।’ राष्ट्र बैंकले अगाडि भनेको छ ‘कर्जा लिँदा कर्जा सम्बन्धित सम्पूर्ण लागतवारे स्पष्ट जानकारी हासिल गरेर मात्रै कर्जा लिनु पर्दछ ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स