डिप्रोक्सले गर्यो आदर्श लघुवित्तलाई प्राप्ति गर्ने अन्तिम सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौं । डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्तलाई प्राप्ति गर्ने अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

दुवै लघुवित्तबीच सोमबार (चैत १३ गते) प्राप्तिसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको हो। यी दुवै लघुवित्तबीच गत असोज २१ गते प्राप्तिसम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो।

यी दुवै लघुवित्तको गत फागुन ३० गते सम्पन्न वार्षिक साधारणसभाले प्राप्तिसम्बन्धी प्रक्रिया स्वीकृत गरेको थियो।

डिप्रोक्सले आदर्श लघुवित्तलाई १ः१ सेयर स्वाप रेसियोमा प्राप्ति गरेको हो। आदर्शलाई गाभेपछि बन्ने कम्पनीको नाम डिप्रोक्स लघुवित्त नै कायम रहने छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स