बैंकहरूले धितोमा राखेको सेयर बिक्री गरेर लगानीकर्तालाई दुःख दिन थाले

काठमाडौं । सेयर बजार घटेर त्यसै त मारमा परेका लगानीकर्ताहरूलाई बैंकहरूले दुःख दिन थालेका छन् । घटेको बजारमा लगानीकर्ताले धितोमा राखेको सेयर बिक्री गरेर बैंकहरूले उनीहरूलाई दुःख दिन थालेका हुन् । बैंकहरूले सामान्य मानसवयता पनि कायम अहिलेको आर्थिक मन्दीमा केहि साना लगानीकर्तालाई कि मार्जिन थप कि पैसा देऊ भन्दै दवाव दिन थालेका छन् भने ठूला लगानीकर्तालाई भने केहि समयदेखिको ब्याज नतिर्दा समेत केहि भन्न सकेका छैनन् ।

कारण ठूलाहरूको आम्दानीको स्रोत खुम्चेको कारणले ऋण तथा ब्याज घटाउन सक्दैनन् भन्ने कुरा बैंकहरूलाई थाहा छ । घटेको बजारमा सबै सेयर बेच्दा समेत बैंकको ऋण उठ्दैन र बाँकी पैसा असुल नहुने हुनाले ठूलाको हकमा भने पर्ख र हेरको अवस्थमा बैंकहरू रहेका एक ठूला लगानीकर्ताले बताए ।

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत राष्ट्र बैंकले बैंक रेट १.५ प्रतिशत घटाएको र वैशाखदेखि बैंकको बेसरेट पनि घट्ने तथा ब्याजदर पनि घट्ने हुँदा त्यसपश्यात अर्थतन्त्रमा दवाव नपर्ने हुँदा सेयर बजार बढ्ने आशले पनि बैंकहरू ठूला लगानीकर्तालाई दवाव दिन नसकिरहेको बुझिएको छ ।

तर, साना लगानीकर्ताको हकमा भने बैंकहरूले बढीमात्रामा दवाव दिने गरेको तथा फोन नउठाएर सम्पर्कमा नआएका लगानीकर्ताको हकमा भने धितोमा राखिएको सेयर बिक्री गरिएको केहि साना लगानीकर्ताको गुनासो पाइएको छ ।
बैंकहरूले अन्य क्षेत्रका ऋणहरू नियमित रुपमा किस्ता तथा ब्याज असुल नभएका कारण साना ऋणीहरूलाई दवाव दिने गरेको पाइएको छ ।

तथापि वैशाख पश्यात बैंकका दरहरू घट्ने हुँदा सहज हुन सक्ने र आत्तिनु नपर्ने एक बैंकका सीईओले बताए । ऋणीहरूलाई उनले नियमति सम्पर्कमा रहन तथा आफ्नो दायित्व सकभर पुरा गर्न आग्रह पनि गरे । साना लगानीकर्ताको भनाइ भने बैंकहरूले लगानीकर्तालाई समस्याको बेला केहि संरक्षण गर्नुपर्नेमा मानवीयता समेत भुलि ‘कसाईले खसी काटेको झै ’ दया माया नराखि लगानीकर्तालाई प्रहार गर्नु अत्यन्त अमानवीय भएको निरवहादुर बुढाथोकीले बताए ।

सेयर बजारका सक्रिय तथा लगानीकर्ताका नेता समेत रहेका छोटेलाल रौनियारको  भनाइमा पनि बैंकहरूले संकटको बेला लगानीकर्ताको समस्यालाई केहि समयलाई परिस्थिति अनुसार सहजीकरण गरिदिन बैंकहरूलाई आग्रह समेत गरेका छन् । बैंकहरूले संकटको बेला सम्यमित भएर आफ्ना ग्राहकहरूलाई संरक्षण गर्नुपर्ने नैतिकता विहिन व्यवहार देखाउन नहुने कुरामा समेत जोड दिए ।

‘लगानीकर्ता सेयर धितो राखेर कर्जा लिनको लागि ७० प्रतिशतसम्म लिन पाउने राष्ट्र बैंकको व्यवस्था भएपनि बैंकहरू कर्जा दिादा ६ महिनाको सेयर मूल्यको औसत निकालेर दिँदा ६० देखि ६२ प्रतिशतमात्रै पर्न आउँछ,’ उनले भने ‘३/३ महिनामा ब्याज बुझाएकै छ । मार्जिन कर्जा दिएर बैंकहरूलाई कुनै नोक्सानी अर्थात रिक्स छैन ।’ बैंकहरूले हरेक साता शुक्रबार सेयरको मूल्य हेरेर मार्जिन कल गर्छ, मार्जिन कलको भुक्तानी गर्न नसक्ने लगानीकर्ताको सेयर नै बिक्री गरेर आफ्नो लगानी उठाउँछ र बाँकी रहेको रकम लगानीकर्ताको खातामा राखिदिन्छ ।

यतिमात्रै होइन सेयर लोनबाट कहिले पनि बैंकहरू डुबेका छैनन्, यो बैंकको तरल सम्पत्ति नै हो ।’ ८ प्रतिशत ब्याजमा लिएको कर्जाको ब्याज बढेर १४ देखि १६ प्रतिशतसम्म पुगेको हालको अवस्थामा बैंकहरूले लगानीकर्तालाई मारमा पार्न नहुने उनले बताए ।

राष्ट्रिय स्वतन्त्र पाटीका हरि ढकालको पनि यस्तै केश भएको हो । उनले कुनै बैंकबाट सेयर धितोमा ६० लाख रुपैयाँ कर्जा लिएका थिए । पछि बजारमा सेयरको मूल्य घट्दै गयो । त्यसपछि उनले सेयर बिक्री गरेर बैंकले आफ्नो लगानी उठायो र बाँकी २० लाख रुपैयाँ उनको खातामा राखिदियो । त्यहि पैसा लिएर उनी अर्बौ रुपैयाँ खर्च गर्न सक्ने प्रतिनिधिसभा निर्वाचनमा काँग्रेस सभापति शेरवहादुर देउवासँग प्रतिस्पर्धा गर्न गएका हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स