अर्थमन्त्रीको टुंगो लाग्यो, डा.महत परे आरजुको रोजाइमा

काठमाडौं । नेपाली काँग्रेसले शक्तिशाली मानिएको अर्थमन्त्रालयको जिम्मा डा. प्रकाशशरण महतलाई दिने टुंगो लगाएको छ । काँग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाका रोजाइका नेता डा. प्रकाशशरण महतले अर्थमन्त्रालयको जिम्मा पाउने भएका छन् । अर्थमन्त्रीका विषयमा सभापति र सभापति पत्नीबीचलाई विवाद भएपनि अब अन्ततः डा.महतनै अर्थमन्त्री बन्ने पक्का जस्तै भएको हो ।

महतलाई अर्थ मन्त्रालयको जिम्मा दिने विषयमा पार्टी महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा भने सहमत छैनन् । यद्यपि काँग्रेसले डा.महतलाई नै अर्थमन्त्री बनाउने निधो गरेको छ । अर्थमन्त्रीको लिष्टमा लामै नाम भएपनि सबैलाई मछार्दै आरजु राणासँग बलियो सम्बन्ध बनाएका डा. महतले अर्थमन्त्रीको कुर्सी हात पार्न लागेका हुन् ।

देशको अर्थतन्त्र संकटको डिलमा भएका बेला अर्थ मन्त्रालय लामोसमयसम्म नेतृत्व विहिन रहनुको असर अझ बल्झिदै गएको छ । अर्थतन्त्रलाई चलायमान गराउने नीतिहरू बन्न सकेको छैन । त्यतिमात्रै होइन अर्थमन्त्री नहुँदा जेठ १५ गते ल्याउने आगामी साल २०८०÷८१ को बजेट निर्माण कार्यतालिका समेत बन्न सकेको छैन ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स