खराब कर्जा बढेपनि आत्तिनु पर्दैनः गभर्नर अधिकारी, ४ घण्टा लामो छलफलमा अन्य के के भयो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वाणिज्य बैंकहरूका प्रमुख कार्यकारी अधिकृतलाई रुलिङ गर्दै आफ्नो भनाइ राख्न लगाएका छन् । हिजो बुलुका करिब ८ बजेसम्म चलेको राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नरसहितको बैंकमा गभर्नर अधिकारीले नामै तोकेर प्रमुख कार्यकारी अधिकृतहरू आ–आफ्नो बैंकको अवस्थाका वारेमा बोल्न लगाएका थिए । उनले सीईओहरूलाई बोल्न दिनु अघि नै ‘तपाइँहरूले सबै साँचो कुरा गर्नु होला र आफ्नो बैंकको मात्र कुरा गर्नु होला,’ भर्नर अधिकारीले भनेका थिए ।

गभर्नर अधिकारीको भनाइ उदृत गर्दै बैठकमा सहभागि एक प्रमुख कार्यकारी अधिकृतलेले भने ‘गभर्नर सावले बैंकहरूको खराब कर्जा र रिकभरीका बारेमा चासो राख्नु भयो । अन्य देशको तुलनामा नेपाली बैंकहरूको खराब कर्जा अनुपात निक्कै कम छ ।’

आगामी दिनमा बैंकहरूको खराब ऋण अनुपात केहि बढे पनि आत्तिनु पर्ने अवस्थामा नपुग्ने बताए । साथै गभर्नर अधिकारीले अहिलेको अवस्थामा कसरी अगाडि बढ्ने योजना बनाउनु भएको छ र बैंकहरूलाई राष्ट्र बैंकले के हेरिदिनु पर्ने हो भनेर सोधेका थिए ।

अहिले बैंकहरू सबै निक्षेपकर्ताको पैसा फिर्ता गर्न सक्ने अवस्था छन् । राष्ट्र बैंकले हरबखत बैंकहरूलाई सहयोग गर्ने बताए र सोही बैठकमा उनले भने ‘नियमन र अनुपालनमा भने राष्ट्र बैंकले सम्झौता गर्दैन ।’

हिजो दिउँसो साढे तीन बजेदेखि सुरु भएको छलफल राति पौने आठ बजेसम्म चलेको थियो । छलफलमा सबै वाणिज्य बैंकका प्रमुख कार्यकारीहरु सहभागी थिए।

गभर्नर अधिकारीले सबै बैंकका प्रमुख कार्यकारी अधिकृतहरू बोलिसकेपछि आफ्नो बिचार राखेका थिए । बैकहरुले अहिलेको स्रोतबाट ऋणीलाई सहयोग गर्न अवस्था नरहेको बताएका थिए। प्रयास गर्दा गर्दै पनि नोक्सानी व्यवस्थापन बढ्ने बताएका थिए ।

प्रमुख कार्यकारी अधिकृतहरूले नोक्सानी व्यवस्थापनमा राष्ट्र बैंकले लचकता अपनाउनु पर्ने सुझाव दिएका थिए । ऋण पुनर्संरचना/पुनर्तालिकीकरण गर्न दिनु पर्ने र त्यसो गर्दा नोक्सानी व्यवस्थापन गर्न नपर्ने गरी सहुलियत दिन पनि गभर्नर समक्ष सीईओहरूले कुरा राखेका थिए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स