सिभिल लघुवित्तद्वारा ग्लोबल मनि वीक-२०२३ को उपलक्ष्यमा वित्तीय साक्षरता सम्बन्धी विभिन्न कार्यक्रमहरु सम्पन्न

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी) ले ग्लोबल मनि वीक-२०२३ को उपलक्ष्यमा वित्तीय साक्षरता सम्बन्धी विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । कम्पनीले चैत ०६ गतेदेखि चैत १२ गते (२०-२६ मार्च २०२३) सम्म उक्त कार्यक्रम संचालन गरि सम्पन्न गरेको हो ।

वित्तीय साक्षरता अन्तर्गत केन्द्रीय कार्यालय लगायत ३२ जिल्लामा अवस्थित ७५ शाखा कार्यालयहरुले अन्तरकृया कार्यक्रम संचालन गर्नुको साथै प्लेकार्ड, ब्यानर आदीको प्रयोग गरी ¥याली समेत आयोजना गरेको थियो ।

संस्थामा आवद्ध रहेका सदस्य, समुदाय एवम् स्कुल कलेजमा अध्ययनरत छात्रछात्रामा वित्तीय साक्षरता अभिवृद्धि गराउन जीएमडब्लु-२०२३ ले तय गरेका विषयवस्तु तथा नाराहरुमा आधारित रहेर कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स