काठमाडौं । सोमबार, नेप्से परिसूचक १७.७० अंकले बढेर १९०६ अंक विन्दुमा आइपुगेको छ ।
आज ४३ लाख ८ हजारको कित्ता सेयर १ अर्ब ३८ करोड २७ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १६७ वटा कम्पनीको सेयर मूल्य बढ्दा ४४ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, सुपर माई हाईड्रोपावरमा १०%, एशियन हाईड्रोपावर र कालिन्चोक दर्शनको सेयरमा ९.९९ प्रतिशतको सकारात्मक सर्किट लागेको छ।
अजोड इन्स्योरेन्समा ८.३०%, लक्ष्मी लघुवित्तमा ५.५२ प्रतिशतले सेयर मूल्य बढेको छ ।
त्यस्तै, नेशनल माइक्रो फाइनान्समा १०%, जाल्पा सामुदायिकमा ८.३०%, जनउत्थान सामुदायिकमा ६.९७%, माहुली लघुवित्तमा ५.२९% र उपकार लघुवित्तमा ५.१२ प्रतिशतले सेयर मूल्य घटेको छ ।