नेप्सेमा हरियाली छाएसँगै यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने टप १० कम्पनी

काठमाडौं । साताको दोस्रो दिन सेयर बजारमा हरियाली छाएको छ ।

सोमबार, नेप्से परिसूचक १७.७० अंकले बढेर १९०६ अंक विन्दुमा आइपुगेको छ ।

आज ४३ लाख ८ हजारको कित्ता सेयर १ अर्ब ३८ करोड २७ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १६७ वटा कम्पनीको सेयर मूल्य बढ्दा ४४ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, हिमालयन डेष्टिलरीको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ५ करोड ९० लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, जीवन विकास लघुवित्तको ४ करोड ७० लाख, नबिल बैंकको ४ करोड ४ लाख, एनआईसी एसिया बैंकको ३ करोड ९५ लाख र शिव श्री हाइड्रोपावरको ३ करोड ९१ लाख रूपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स