२२ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

काठमाडौं । राष्ट्र बैंकले आज (चैत्र १३ गते) ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । बैंकले सोमबार २२ अर्ब रुपैयाँभन्दा बढीको ट्रेजरी बोलकबोल गर्न लागेको हो ।

बैंकले २२ अर्ब १० करोड २५ लाख रुपैयाँको ट्रेजरी बिल जारी गर्ने लागेको हो । ट्रेजरी बिलको आज दिउँसो ३ बजे बोलकबोल गरिने छ ।

केन्द्रीय बैंकले २८, ९१, १८२ र ३६४ दिन अवधिका लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । बैंकले २८ दिन अवधिका लागि ५ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको छ । यो २०८० वैशाख १२ गते परिपक्व हुनेछ ।

यस्तै, ९१ दिनका लागि ११ अर्ब ५० करोड २५ लाख रुपैयाँको ट्रेजरी जारी गर्ने भएको छ । यो आगामी असार १२ गते परिपक्व हुनेछ ।

१८२ दिन अवधिको ६० करोड रुपैयाँको ट्रेजरी जारी गर्ने छ । यो असोज ९ गते परिपक्व हुनेछ । भने, ३६४ दिन अवधिका लागि ५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको छ । यो २०८० चैत १३ गते परिपक्व हुनेछ ।

ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।

ट्रेजरी बिलको प्रमाणपत्र धितोमा राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन सकिने छ । यो संगठित संस्था तथा सर्वसाधारणले पनि खरिद गर्न सक्नेछ्न ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स