नासा नेपालद्वारा सुरक्षित र किफायती हेल्मेट अभियान थालनी

काठमाडौं । इन्टरनेसनल फेडेरेसन अफ अटोमोवाइल (एफआईए)को सहयोग र वल्र्ड बैंकसंगको सहकार्यमा नेपालमा पहिलो पटक सुरक्षित र किफायती हेल्मेट अभियान संचालनको घोषणा भएको छ । नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा) द्वारा संचालन गरिने अभियान अन्तर्गत नेपालभरी विभिन्न जनचेतनामुलक कार्यक्रम आयोजनागरी ३०० बढी यूएन हेल्मेट वितरण गरिने भएको छ ।

आज एक कार्यक्रमकाबीच वल्र्ड बैंकका उपाध्यक्ष हार्टविग शेफर, हेड अफ एफआईए रोड सेफ्टी एभभोकेसी लुका पास्कोटो, पुर्वमन्त्रि तथा सांसद योगेश भट्टराई, प्रतिनिधि सभा विकास तथा प्रविधि कमिटि सदस्य रंगमती शाही र इन्दु शर्मा, बागमती प्रदेश सभा सांसद भावना सुबेदी, नासा नेपालका अध्यक्ष दशरथ रिसाल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सचिव रबिन्द्रनाथ श्रेष्ठ, वल्र्ड बैंक नेपालका कन्ट्री डाइरेक्टर फारिस हदाद-जेर्वोसलगायत विभिन्न निकायका उच्च पदाधिकारीहरुको उपस्थितिमा उक्त अभियानको थालनी भएको छ ।

नासा फाउन्डेसन नेपालकी अध्यक्ष भगबती सेढाईले संचालन गरेको कार्यक्रमको शुरुवातमा नासा नेपालको तर्फबाट गोविन्द भट्टराईले स्वागत मन्तब्य राखेका थिए । भने, एफआईए अध्यक्ष भने जीन टोडले भर्चुवल माध्यमबाट शुभकामना संदेश दिए ।

त्यस्तै, वल्र्ड बैंकको तर्फबाट हार्टविग शेफरले सडक दुर्घटनाले नेपालको अर्थतन्त्रमा पारेको प्रभाव र त्यसका रोकथामका लागि चालिनु पर्ने आवश्यक कदम बारे अवगत गराए ।

त्यसैगरी, प्रतिनिधि सभा सदस्य योगेश भट्टराई, रंगमती शाही, इन्दु शर्मा, भावना सुबेदी र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रबिन्द्रनाथ श्रेष्ठले सडक सुरक्षाको क्षेत्रमा क्रियाशील ढंगले अघि बढ्दै आगामी दिनमा सोहि अनुरुप रही कार्ययोजना बनाउने समेत जानकारी दिए ।

सो अवसरमा उपस्थित अतिथिहरुले एफआईएद्वारा प्रदान गरिएको यूएन स्ट्यान्डर्ड हेल्मेट सार्वजनिक गर्दै विभिन्न लक्षित समुहका प्रतिनिधि सुरक्षित र दीगो यातायात नेपालका हेमन्त तिवारी, राष्ट्रिय अपाङ महासंघ नेपालकी देवु पराजुली, हिसानका रामहरी सिलवाललाई प्रदान गरे ।

नेपालमा बढ्दो दुई पांग्रे सवारी दुर्घटनालाई मध्येनजर गर्दै दुर्घटना पछि हुने क्षतिलाई न्युनिकरण गर्न, सुरक्षित हेल्मेट प्रयोगको चेतना जनस्तरमा फैलाउन र हेल्मेटको राष्ट्रिय मापदण्डको कर्यानवयनमा जोड दिदै मोटरसाइकल चालक तथा पछाडी बस्ने यात्रुले समेत अनिवार्य रुपमा हेल्मेट प्रयोग गर्ने ऐनको व्यवस्थालाई कर्यानवयनमा लैजान पहल गर्ने उदेश्यले सो अभियान संचालन गरिएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स