नेशनल माइक्रोफाइनान्सको लाभांश दोस्रोपटक संशोधन, बोनस सेयरमा भारी गिरावट

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लाभांश दोस्रोपटक संशोधन भएको छ । नेपाल राष्ट्र बैंकको निर्देशनपछि कम्पनीले आर्थिक वर्ष २०७८/७९का लागि प्रस्तावित लाभांशमा संशोधन गरेको हो ।

यसअघि कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ३८.५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको थियो ।

राष्ट्र बैंकको निर्देशनबमोजिम संस्थाले ३४.४५ प्रतिशत बोनस सेयर आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गर्ने निर्णय गरी पुनः स्वीकृतिका लागि राष्ट्र बैंकमा पेस गरेको थियो। तर, फेरि राष्ट्र बैंकले १५ प्रतिशतभन्दा बढी बोनस सेयर वितरण नगर्न निर्देशन दिएपछि संस्थाले दोस्रोपटक लाभांशमा संशोधन गरेको हो।

योसँगै अब कम्पनीले १५ प्रतिशत मात्र लाभांश वितरण गर्ने भएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ५८ करोड ६६ लाख रहेको छ ।

यसका साथै संस्थाले २०७८ असार ३० गते साविकको महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गरेका कारण सो मितिभन्दा अगाडि कायम सेयरधनीहरुलाई प्राप्ति मितिदेखि दुई आर्थिक वर्षसम्म लाभांशमा कर छुट हुने व्यवस्थाका कारण हाल लाभांश कर प्रयोजनार्थ छुट्टै रकम नछुट्याइएको संस्थाले जनाएको छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स