काठमाडौं । आज आइतबार १० वटा कम्पनीको सेयर मूल्य एक सय रुपैयाँभन्दा बढीले घटेको छ । आज नेप्सेमा सूचीकृत कम्पनीहरूमध्ये सबैभन्दा बढी सेयर मूल्य बोर्टलस नेपालको सेयर मूल्य घटेको छ । आज लघुवित्त वित्तीय संस्थाहरूको सेयर मूल्य बढीले घटेको छ ।
बोर्टलस नेपालको सेयर मूल्य एकैदिन २४६ रुपैयाँले घटेको छ भने अन्य चार कम्पनीको सेयर मूल्य पनि २ सय रुपैयाँभन्दा बढीले घटेको छ । दुई सय रुपैयाँभन्दा बढीले सेयर मूल्य घट्ने कम्पनीहरूमा जालपा लघुवित्त वित्तीय संस्था, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था, राष्ट्रिय बीमा कम्पनी, महिला लघुवित्त वित्तीय संस्था रहेका छन् ।
एक सय रुपैयाँभन्दा बढी सेयर मूल्य घट्ने कम्पनीमा सबैभन्दा माथि बोर्टलस् नेपालको नाम सूचीकृत भएको छ । आज उक्त कम्पनीको सेयर खुल्दा १२ हजार ३४३ रुपैयाँ १० पैसामा खुलेको प्रतिकित्ता सेयरको मूल्य बजार बन्द हुँदा २४६ रुपैयाँ १० पैसाले घटेर १२ हजार ९७ रुपैयाँमा कारोबार भएको छ ।
जालपा लघुवित्तको सेयर मूल्य २२८ रुपैयाँ ४० पैसाले घटेर प्रतिकित्ता सेयर २ हजार ५५ रुपैयाँ ६० पैसामा कारोबार भएको छ । आज बिहान बजार खुल्दा उक्त कम्पनीको सेयर मूल्य २ हनार २८४ रुपैयाँ थियो । राष्ट्रिय बीमा कम्पनीको प्रमोटर सेयर मूल्य पनि २१९ रुपैयाँ २० पैसाले घटेर १० हजार ७७० रुपैयाँमा कारोबार भएको छ । उक्त कम्पनीको सेयर मूल्य बिहान बजार खुल्दा १० हजार ९ सय ८५ रपैयाँ थियो ।
नेष्डो समृद्ध लघुवित्तको सेयर मूल्य पनि २०६ रुपैयाँले घटेर प्रतिकित्ता सेयर २ हजार २ सय ३४ रुपैयाँमा बन्द भएको नेप्सेको तथ्यांकमा उल्लेख गरिएको छ । आज बिहान बजार खुल्दा उक्त कम्पनीको सेयर २ हजार ४४० रुपैयाँ थियो ।
त्यसरी नै महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि २०१ रुपैयाँले घटेर प्रतिकित्ता १ हजार ८ सय २० रुपैयाँमा कारोबार बन्द भएको छ । बिहान उक्त कम्पनीको सेयर मूल्य २ हजार २१ रुपैयाँ थियो ।
त्यसरी नै १ सय रुपैयाँभन्दा बढीले घटेका कम्पनीहरूमा राष्ट्रिय बीमा कम्पनी, युनिक नेपाल लघुवित्त वित्तीय संस्था, जीवन विकास लघुवित्त वित्तीय संस्था, नेशनल माइक्रो फाइनान्स वित्तीय संस्था, उपकार लघुवित्त वित्तीय संस्था रहेका छन् ।
आज सेयर मूल्य घटेका कम्पनीहरूमा राष्ट्रिय बीमा कम्पनीको प्रति सेयर मूल्य १९३ रुपैयाँ ५० पैसा घटेर १२ हजार ४०५ रुपैयाँ रहेको छ । राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्य १२ हजार ५५८ रुपैयाँ ५० पैसा रहेको थियो ।
युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको १८० रुपैयाँ घटेर १ हजार ६२० रुपैयामा कारोबार भएको थियो । जीवन लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य प्रतिकित्ता १७० रुपैयाँले घटेको छ । आज सेयर बजार बन्द हुँदा १ हजार ५३५ रुपैयाँमा झरेको छ । आज उपकार लघुवित्त वित्तीय संस्थाको सेयर १०५ रुपैयाँले घटेर १ हजार ५५० रुपैयाँमा कारोबार भएको हो ।
आज बिहान बजार खुल्दा उक्त कम्पनीको सेयर १ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।