दुई कम्पनीमा सकरात्मक सर्किट लाग्दा यस्ता छन् आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । आइतबार, नेप्से परिसूचक २६.८७ अंकले घटेर १८८८.२७ अंक विन्दुमा आइपुगेको छ ।

आज ३७ लाख ५४ हजारको कित्ता सेयर १ अर्ब २८ करोड ९३ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १९ वटा कम्पनीको सेयर मूल्य बढ्दा १९३ वटा कम्पनीको घटेको छ भने २ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, माया खोला हाईड्रोपावरमा ९.९९% र एशियन हाईड्रोपावरको सेयरमा ९.९८ प्रतिशतको सकारात्मक सर्किट लागेको छ।

कालिन्चोक दर्शनमा ६.०१%, गुराँस लाइफमा ४.२६%,सिद्धार्थ इक्विटी फण्डमा ३.९० प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, जिवन विकास लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, युनिक्यु नेपाल लघुवित्तमा १० प्रतिशतको नकरात्मक सर्किट लागेको छ । माहिला लघुवित्तमा ९.९५%, किसान लघुवित्तमा ८.८१ प्रतिशतले सेयर मूल्य घटेको छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स