काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ग्लोबल आइएमई म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘ग्लोबल आइएमई समुन्नत योजना-१’ सूचीकरण खारेज गरेको छ। ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत संचालित उक्त योजना चैत ११ गतेबाट परिपक्व हुने भएकोले नेप्सेले चैत १० गतेदेखि उक्त योजना खारेज गरेको हो ।
यस योजनाको अन्तिम कारोबार चैत्र ९ गते बिहिबार भएको छ । चैत्र ९ गते बिहीबारका दिन कारोबार भई कायम हुने इकाईधनीहरु मात्र योजनाको खारेजी पश्चात्को प्रतिफल प्राप्तिको लागि योग्य हुने छन्।
सामूहिक लगानी कोष नियमावली, २०६७ को नियम (३१) को खण्ड (१) (क) मा भएको व्यवस्था बमोजिम योजनाको अवधि समाप्त भएमा योजना खारेजीमा लग्नुपर्ने र खारेजीमा लग्ने क्रममा सोही नियमावलीको नियम (३१) को उपनियम (६) बमोजिम खारेजीमा लग्ने व्यवस्था छ ।
क्यापिटलले इकाई डिम्याट नगरेको भए डिम्याट गराउन र यस अघि वितरण गरिएको लाभांश नलिएको भए बैंक खाता अध्यावधिक गरि लाभांश लिनको लागि आग्रह गरेको छ ।
[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2023/03/4.pdf” cache=”off”]