नेष्डो समृद्ध लघुवित्तको बम्पर लाभांश घोषणा

काठमाडौं । नेष्डो समृद्ध लघुवित्तले लाभांश घोषणा गरेको छ। चैत्र ९ गते बसेको कम्पनीको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हालको चुक्ता पूँजीको ५० प्रतिशत बोनस सेयर , २० प्रतिशत नगद लाभांश, र कर प्रयोजनको लागि छुट्टै ३.६८४२ गरि कुल ७३.६८४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरमा वितरण हुने छ ।

हाल कम्पनीको चुक्ता पुँजी २५ करोड ५० लाख रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स