गुराँस लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। चैत्र ९ गते बसेको कम्पनीको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हालको चुक्ता पूँजीको १३.२७१२ बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो। बोनस सेयरको लागि कर भने सेयरधनी आफैले तिर्नु पर्ने कम्पनीले जनाएको छ।

उक्त लाभांश नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण हुने छ ।

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब २३ करोड ९३ लाख रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स