आज अमेरिकी डलरसहित यस्तो छ अन्यको विनिमय दर

काठमाडौं । आज शुक्रबार अमेरिकी डलरको मूल्य बढ्ने छ । केहि दिनयता घट्न थालेको डलरको मूल्य आज पनि बढेकोे हो । आज आफूसँग भएको डलर बिक्री गर्न चाहने चाहने ग्राहकहरूले १ अमेरिकी डलर बराबर १३१.६८ रुपैयाँ पाउनु हुनेछ भने १ अमेरिकी डलर खािरद गर्न चाहने ग्राहकले १३२.२८ खर्चनुपर्ने हुन्छ ।

अझ सिधा भन्दा तपाईलाई १ अमेरिकी डलर चाहिएको छ भने १३२.२८ रुपैयाँ दिएमा राष्ट्र बैंकले १ डलर दिने छ भने तपाईसँग भएको डलर बिक्री गर्न चाहेमा तपाईले १३१.६८ रुपैयाँ पाउने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले शुक्रवारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार भारतीय १०० रुपैयाँको खरिद दर १६० नेपाली रुपैयाँ र बिक्री दर १६०.१५ नेपाली रुपैयाँ रहेको छ ।

युरो १ को खरिद दर १४१ रुपैयाँ ३२ पैसा र बिक्री दर १४२ रुपैयाँ ९६ पैसा रहेको छ । पाउन्ड स्टर्लिङ १ को खरिद दर १६० रुपैयाँ ७९ पैसा र बिक्री दर १६१ रुपैयाँ ५२ पैसा रहेको छ ।

अस्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ ४६ पैसा र बिक्री दर ८७ रुपैयाँ ८६ पैसा रहेको छ ।

कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ १७ पैसा र बिक्री दर ३६ रुपैयाँ ३३पैसा रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स