यस्ता छन् ग्राण्ड भिटारा र ब्रेज्जाको मूल्य र विशेषता

सिजी मोटोकर्पले ब्रेज्जाले भारतीय बजारमा चर्चा पाएको नयाँ जेनेरेशन र ब्राण्ड न्यू मोडल ग्राण्ड भिटारा र एसयूभी ब्रेज्जा केहि समय नेपाली बजारमा भित्र्र्याएको हो । नेपालका लागि सुजुकी गाडीको आधिकारीक वितरक सिजी मोटोकर्पले भारतीय बजारमा चर्चा पाएको केहि महिना पछि नेपालमा भित्र्र्याएको हो ।

नयाँ प्रविधि र फरक लुक्सका साथ आएका यी गाडीले सफलता पाउने कम्पनीले बिश्वास लिएको छ । कम्पनीले नेपाली बजारमा एसयूभी ब्रेजाको नयाँ जेनेरेशन ६ भेरियन्टमा र न्यू मोडल ग्राण्ड भिटारा ९ भेरियन्टमा उपलब्ध गराएको छ । ब्रेज्जाको पुरानो भर्सन भने नेपाली बजारमा सफल भइसकेको छ ।

आकर्षक डिजाइन, आरामदायी इन्टेरियर, नयाँ अटो मोबाइल प्रविधियुक्त यी नयाँ मोडल सेगमेन्ट–फर्स्ट सुविधाहरू, प्रिमियम इन्टेरियर र उन्नत अटो मोबाइल प्रविधियुक्त नयाँ ग्रान्ड भिटारा र ब्रेजा, यो सेगमेंटमा गेम चेञ्जर हुने विश्वास कम्पनीले लिएको छ ।

कुन भेरियन्टको कति तोकियो मूल्य ?

कम्पनीले नयाँ प्राविधि विशेषतासहित नयाँ ब्रेजाको एलएक्सआई भेरियन्ट पहिलो पटक ल्याएको छ । यो भेरियन्टको मूल्य तीन लाख छुटसहित ४१ लाख ९९ हजार रुपैयाँ मुल्य तोकिएको छ ।

ब्रेज्जाको टप भेरियन्टको मूल्य भने ५६ लाख २९ हजार निर्धारण गरिएको छ । तत्काल नयाँ गाडी खरिद गर्ने ग्राहकको लागि सबै भेरियन्टमा तीनलाख छुट दिएको कम्पनीले जनाएको छ ।

कम्पनीले ग्रान्ड भिटाराको मूल्य ६३ लाख ९९ देखि सुरु भएको छ । इन्ट्री लेभलको जेटा भेरियन्ट सबैभन्दा सस्तो भेरियन्टमा पर्छ ।

कम्पनीले यो गाडीमा समेत ३ लाख छुट दिएको छ । सुजुकी ग्रान्ड भिटारोको टप भेरियन्ट अल्फा डुअल टोनको मूल्य ८८ लाख २९ हजार तोकिएको छ ।

यो भेरियन्टले हुन्डाई क्रेटा र किया सेल्टोससँग प्रतिस्पर्धा गर्ने कम्पनीले जनाएको छ । यो गाडी नेपालमा हाईब्रिड दुई इन्जिन अप्सनमा आएको छ ।

हेर्नुहोस् मूल्य सूचीः

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स