काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवालले जीवन बीमा कम्पनीको संख्या ४ वटा भए पुग्ने बताएका छन् । बिहीबार सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सको मर्जर कार्यक्रममा अध्यक्ष सिलवालले जीवन बीमा कम्पनीको संख्या ४ भए पुग्ने बताएका हुन् ।
उनले नियामकसँग समदुरी राख्न सबै कम्पनीलाई आग्रह गरे । अध्यक्ष सिलवालले बीमा कम्पनीहरू उत्तरदायी र जिम्मेवार बन्न निर्देशन दिएका छन् । अध्यक्ष सिलवालले बीमा कम्पनीहरूले जनताको निक्षेप परिचालन गर्ने सार्वजनिक निकाय भएकोले कम्पनीहरुको स्रोत साधनहरु कसरी प्रयोग aभइरहेको छ ।
अध्यक्ष सिलवालले बीमाबाट हुने लाभ आम जनताले थाहा पाउनुपर्ने बताउँदै बीमा कम्पनीहरु अब जिम्मेवार र उत्तरदायी पनि हुनुपर्ने बताए । बीमा कम्पनीहरुबाट प्रवाह हुने सेवा जिम्मेवार उत्तरदायी ढंगले प्रवाह गर्न अध्यक्ष सिलवालले निर्देशन दिएका हुन् ।
अध्यक्ष सिलवालले अब बनेका संस्थाहरूलाई थप जिम्मेवार र उत्तरदायी बनाउने प्राधिकरणको प्राथमिकतामा रहेको बताउँदै गैर जिम्मेवार र जवाफ नदिने अवस्थाको अन्त्य जरुरी रहेको बताए ।
अध्यक्ष सिलवालले बीमा कम्पनीहरूले कानुनको अक्षरस पालना गर्नुपर्ने बताए । बीमितको हित र न्यून आय भएका जनतामाँझ पुगेर बीमा सेवा प्रवाह गर्न आग्रह गरेका छन् ।