रिडी पावरमा इन्साइडर ट्रेडिङ गरेका गुरु न्यौपाने विरुद्ध मुद्दा दायरा

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडका तत्कालीन अध्यक्ष गुरु प्रसाद न्यौपाने विरुद्ध काठमाडौं जिल्ला अदालतमा मद्दा दायर भएको छ । नेपाल धितोपत्र बोर्डले रिडी पावरको सेयर किनबेचमा इन्साइडर ट्रेडिङ गरेको भन्दै काठमाडौं जिल्ला अदालतमा मद्दा दायर गरेको बोर्डका अध्यक्ष रमेश हमालले बताए ।

धितोपत्र बोर्डका अध्यक्ष हमालले इतिहासमै पहिलो पटक इन्साडर ट्रेडिङमा संलग्न विरुद्ध अदालतमा मद्दा दायर गरेको जानकारी दिए । न्यौपाने विरुद्ध ३ करोड २३ लाख विगो दावी सहित मुद्दा दर्ता गरिएको हो,’ अध्यक्ष हमालले भने ‘इन्साडर ट्रेडिङमा संलग्नलाई कारवाहीका लागि अदालत पठाइएको हो ।’

‘रिडी पावर कम्पनी लिमिटेडका तत्कालीन अध्यक्ष गुरु प्रसाद न्यौपानेले उक्त कम्पनीको सेयर निज सो पदमा बहाल रहँदा मिति २०७७ चैत १९ देखि मिति २०७८ साउन २४ सम्म खरिद बिक्री गरेको विषयमा तहकिकात गरिएको थियो ।

निजले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९१ बमोजिमको भित्री कारोवार गरेको देखिएकोले उक्त कसुरमा निज उपर धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (१) बमोजिमको सजायको माग दाबी लिई मिति २०७९ चैत ८ मा काठमाडौं जिल्ला अदालत, बबरमहल, काठमाडौंमा मुद्दा दायर गरिएको हो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स