काठमाडौं । अभियान लघुवित्तका सेयरधनीहरुको हात खाली हुने भएको छ ।
कम्पनीको फागुन ६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ मा कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेसँगै सेयरधनीहरुको हात खाली हुने भएको हो ।
उक्त बैठकले वित्तीय संस्थाको २०७९ आषाढ मसान्तको वासलात, आ.व. २०७८/७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तीय विवरणहरु माथि छलफल गरी स्वीकृत गर्दै सो को अन्तिम स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको छ।
राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ।