काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स एक आपसमा मर्ज भई एकिकृत कारोबार (एकिकृत जीवन बीमा व्यवसाय) संचालन गर्ने भएका छन् । मर्जरपछि चैत ९ गतेबाट सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको नामबाट एकिकृत कारोबार सुरु गर्न लागेको हो ।
यी दुवै कम्पनीको फागुन १२ गते सम्पन्न साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेका थिए । बीमा प्राधिकरणले यी कम्पनीलाई फागुन १८ गते मर्जरको लागि अन्तिम स्वीकृति दिएको थियो । कम्पनी रजिष्ट्रार कार्यालयले फागुन २९ गते एकिकृत कारोबारको स्वीकृति दिएकोले यी दबै कम्पनीको संयुक्त मर्जर कमिटिको चैत ५ गते बसेको बैठकले चैत ९गतेबाट एकिकृत कारोवार सुरु गर्ने निर्णय गरेको हो ।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको केन्द्रीय कार्यालय काठमाडौंको नयाँ बानेश्वरमा रहने जनाएको छ । दुवै कम्पनीले १ः१ को स्वाप अनुपातमा आपसमा गाभ्ने गाभिने सहमति गरेका हुन् ।
रिलायन्स लाईफको चुक्ता पूँजी २ अर्ब १० करोड र सानिमा लाइफको चुक्ता पूँजी २ अर्ब रुपैयाँ छ । गाभिएपछि तत्काल चुक्ता पूँजी ४ अर्ब १० करोड रुपैयाँ पुग्नेछ ।