साढे दुई दशकदेखिको चेन टुट्यो, आजबाट एभरेष्ट बैंकमा नेपाली सीईओ

काठमाडौं । आज शुक्रवारदेखि एभरेष्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को कार्यभार सुदेश खालिङले सम्हाल्ने भएका छन् । खालिङले उक्त बैंकको नेतृत्व लिएसँगै साढे दुई दशकदेखिको विदेशी प्रमुख कार्यकारी अधिकृत हुँदै आएकोमा चेन टुटेको हो । सुदेश खालिङ एभरेष्ट बैंकको पहिलो नेपाली सीईओ बनेका हुन ।

बैंक स्थापनाकालदेखिनै भारतीय नागरिकले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएको एभरेष्ट बैंकमा पहिलो पटक नेपाल नागरिक खालिङले सो कार्यभार सम्हाल्न लागेका हुन । असोज ८ गते शुक्रवारदेखि लागू हुने गरी खालिङले प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हाल्ने जानकारी बैंकले दिएको छ ।

भारतको पञ्जाब नेशनल बैंक (पीएनबी)सँग संयुक्त लगानीमा सञ्चालित एभरेष्ट बैंकमा अढाइ दशकदेखि नै पीएनबीबाटै सीईओ नियुक्त हुँदै आएको थियो । बैंकिङ क्षेत्रमा झण्डै तीन दशक लामो अनुभव भएका खालिङ लक्ष्मी बैंकमा सीईओ थिए । लक्ष्मी बैंकपछि २०७६ मंसीर ६ देखि उनी सिटिजन्स बैंकको सञ्चालक समिति सदस्य थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स