सिटी होटेलले पायो आईपीओ निष्कासनको लागि बोर्डको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सिटी होटेल लिमिटेडलाई आईपीओ निष्कासनको लागि अनुमति प्रदान गरेको छ । बोर्डले कम्पनीलाई चैत्र ५ गते आईपीओ निष्कासनको लागि अनुमति प्रदान गरेको हो ।

बोर्डको अनुमति पाएसँगै अब कम्पनीले सर्वसाधारणका लागि १६ करोड ७४ लाख रुपैयाँ बराबरको १६ लाख ७४ हजार कित्ता सेयर निष्कासन गर्ने छ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

कम्पनीले गतवर्षको कार्तिक १५ बाट सोल्टिमोड, काठमाडौंमा पाँच तारे होटल, ह्यात प्लेस संचालनमा ल्याएको छ । उक्त होटलमा गोल्यान ग्रुप, कमलेश अग्रवाल, हरिशचन्द्र सुवेदी लगायतका व्यक्तिहरुको लगानी रहेको छ । १५३ वटा कोठा रहेको उक्त पाँच तारे होटलमा लाइभ म्यूजिक सहितको रेष्टुरेन्ट, ब्यांक्वेट हल, जिम, स्विमिङ पुल र ४०० जना सम्मको क्षमता भएको कन्फरेन्स हल लगायतका सुविधाहरु रहेका छन्।

अमेरिकामा रहेको ह्यात होटेल कर्पोरेशनको चेन ब्राण्डको रुपमा विश्वका विभिन्न देशहरुमा १,००० ओटा भन्दा बढि अन्तराष्ट्रिय स्तरको ह्यात होटलहरु स्थापना भइ सञ्चालन भइरहेका छन् । सोहि अन्तराष्ट्रिय ब्राण्डको रुपमा ह्यात प्लेस सोल्टिमोडमा पाँच तारे होटलको रुपमा संचालनमा आएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स