काठमाडौं । साताको दोस्रो दिन सेयर बजारमा हरियाली छाएको छ ।
सोमबार, नेप्से परिसूचक २२.६५ अंकले बढेर १९४९.०६ अंक विन्दुमा आइपुगेको छ ।
आज ५२ लाख ५५ हजारको कित्ता सेयर १ अर्ब २९ करोड ८५ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १७८ वटा कम्पनीको सेयर मूल्य बढ्दा ३३ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, युनिक नेपाल लघुवित्तको सेयरमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ ।
न्याङदी हाईड्रोपावरमा ७.७३%, नयाँ सारथी लघुवित्तमा ६.१८% , मानुषी लघुवित्तमा ५.६७% र विन्धवासिनी हाईड्रोपावरमा ४.७७ प्रतिशतले सेयर मूल्य बढेको छ ।
त्यस्तै, सर्पोट माईक्रोफाइनान्सको ५.३६%, स्वाभिमान लघुवित्तको ४.७२%, सानिमा ग्रोथ फण्डको ४.४५%, विन नेपाल लघुवित्तको ४.०८% र लक्ष्मी इक्विटी फण्डको ३.८५ प्रतिशतले सेयर मूल्य घटेको छ ।