काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई विकास बैंकको ६० लाख कित्ताबढी बोनस सेयर सूचीकृत भएको छ । सोमबार लुम्बिनी विकास बैंक र शाइन रेसुंगा डेभलपमेन्ट बैंकको कुल ६० लाख १४ हजार २९.७४ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।
जसअनुसार, लुम्बिनी विकास बैंकको ३ प्रतिशत दरका कुल ९ लाख ८५ हजार २८७.७५ कित्ता सेयर सूचीकृत भएको हो ।
त्यस्तै, शाइन रेसुंगाको १३.३ प्रतिशत दरका कुल ५० लाख २८ हजार ७४१.९९ कित्ता सेयर सूचीकृत भएको हो ।
सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।