सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओ बाँडफाँट हुने मिति तय, कति जनाको हात पर्दैछ सेयर ?

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले निष्कासन गरेको आईपीओ बाँडफाँट हुने मिति तय भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलले चैत्र ८ गते बुधबार बिहान आईपीओ बाँडफाँट गर्न लागेको हो ।

कम्पनीले फागुन २६ गतेदेखि फागुन ३० गतेसम्म सर्वसाधारणलाई आईपीओ निष्कासन गरेको थियो। कम्पनीले जारी पुँजीको ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १५ प्रतिशत अर्थात ४९ करोड ९८ लाख ७५ हजार रुपैयाँ बराबरको ४९ लाख ९८ हजार ७५० कित्ता साधारण सेयर सर्वसाधारणमा निष्कासनका लागि छुट्याएको थियो ।

सोमध्ये १० प्रतिशत अर्थात ४ लाख ९९ हजार ८७५ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि र ५ प्रतिशत अर्थात २ लाख ४९ हजार ९३६ कित्ता सेयर सामुहिक लगानी कोषहरुको लागि बाँडफाँट गरिसकेको छ ।

बाँकी रहेको ४२ लाख ४८ हजार ९८३ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन भएको हो ।

कम्पनीले निष्कासन गरेको आईपीओमा अन्तिम दिनसम्ममा ३.८२ गुणाबढी आवेदन परेको थियो । माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार वितरण हुनेछ । जसअनुसार गोलाप्रथा माध्यमबाट न्युनतम १० कित्ताको दरले सेयर वितरण गर्दा ४ लाख २४ हजार ८९३ जनाले मात्रै सेयर पाउनेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स